प्रदेश २ का प्रहरी प्रमुख काठमाडौं तानिए, कारण यस्तो छ

७ कार्तिक २०७८, आईतवार १४:१२

काठमाडौं । प्रदेश २ का दुई जिल्ला (धनुषा र सर्लाही) का प्रहरी प्रमुख (एसपी) को काज सरुवा भएको छ ।

धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाइँ आउने प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिए । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाइँ प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा थिए ।

पछिल्लोपटक एक कर्मचारीलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाइ बजार घुमाउँदा पनि प्रहरीले नरोकेको भन्दै आलोचना भएको थियो । सर्लाहीका एसपी राठौरले पनि आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको आरोप थियो ।