सन्धिखर्कमा पनि एमालेको दोश्रो वडा अधिवेशन सम्पन्न

६ कार्तिक २०७८, शनिबार १८:११


तस्बिरः समृत रायमाझी

मन्जिल कन्दङवा
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन पार्टीका केन्द्रिय अध्यक्ष केपी ओलीले भर्चुअल रुपमा जोडीएर सम्बोधन गरेको उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोतीजंग रायमाझी विशिष्ट अतिथिको रुपमा उपस्थिती थियो ।

मस्जित लाइनको होटल डाइमन्डमा सम्पन्न भएको उक्त महाधिवेशनमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।