नेता योगेश भट्टराई अस्पताल भर्ना

५ कार्तिक २०७८, शुक्रबार १७:०८

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो ।

 

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।