सिके राउतको हिजोको क्रियाको आज प्रतिक्रिया (हेर्नुहोस् तस्बिरमा)

५ कार्तिक २०७८, शुक्रबार १७:०३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

नेपाल ईन्जिनियर एशोसिएशन बागमती प्रदेश, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायतले प्रदर्शन गरेका हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो दली अर्धनग्न अवस्थामा शहर परिक्रमा गराएका थिए ।

त्यसको विरुद्धमा ती संगठनहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । राउतविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको छ ।