२०७८, १४ मंसिर मंगलवार

१६ सुन्दरीहरु इजरायलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । यो बर्षको ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच भिडन्त हुने भएको छ ।

आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै १६ प्रतिस्पर्धी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना प्रतिस्पर्धीले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा दर्शकमाझ आफ्नो परिचय र भविष्यको योजना बताएका थिए ।

प्रतियोगीतामा १६ बाट शिर्ष १० जना छानिनेछन् । छनोटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आइएमई एपमा प्रतियोगीतलाई प्राप्त भोटिङ हुनेछ ।

प्रतियोगीताको फाइनल अक्टुबर ३० अर्थात कार्तिक १३ गते आयोजना हुनेछ ।

प्रतियोगीताको शिर्ष बिजेताले डिसेम्बर १२ मा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । गतबर्षदेखि उमङ्ग क्रियशनले ‘मिस युनिभर्स’मा प्रतिनिधी पठाउन थालेको हो ।


प्रकाशित | २०७८, ५ कार्तिक शुक्रबार १३:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *