नेकपा एमालेको स्ठायी कमिटी बैठक जारी, के के छन् बिषयहरु ?

४ कार्तिक २०७८, बिहीबार १६:४६

काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् ।

बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।