बसलाई तारो बनाएर दुईवटा बम विस्फोट

३ कार्तिक २०७८, बुधबार १७:०१

एजेन्सी ।
सिरियाको राजधानी दमास्कसमा बुधवार आतंकवादीहरूले सेनाको एउटा बसलाई तारो बनाएर दुईवटा बम विस्फोट गरेपछि १३ जनाको मृत्यु भएको छ ।

घटनामा तीन अन्य घाइते भएका छन् ।

बसमा राखिएको तेस्रो बमलाई सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन ।