आर्यन खानलाई अझै प्रहरीले नछोड्ने, यस्तो छ कारण

३ कार्तिक २०७८, बुधबार १६:२०

काठमाडौं । बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानत दिन मुम्बइको एनडीपीएस अदालतले अस्विकार गरेको छ । अदालतले आर्यनसँगै पक्राउ परेका मुनमुन धमीचा र अरबाज मर्चेन्टको जमानतको आग्रहलाई पनि खारेज गरिदिएको छ । आर्यनलाई मुम्बइको आर्थर रोड जेलमा राखिएको छ ।

योसँगै आर्यनलाई अझै केही समय जेलमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको निवेदनमाथि आज अदालतमा बहस भएकोे थियो । आर्यनका वकिलका अनुसार, अब उनको जमानतका लागि मुम्बइको उच्च अदालतमा निवेदन दिने तयारी गरिएको छ ।

आर्यनलाई एनसीबीले मुम्बइको एक क्रुज पार्टीबाट गिरफ्तार गरेको थियो ।

आर्यनमाथि ड्रग्स किनेको र सेवन गरेको आरोप लगाइएको छ । आर्यनको ह्वाट्सअप च्याटमा ड्रग्सको बिषयमा कुराकानी गरेको पाइएको एनसीबीको दाबी छ ।

तर, आर्यनका वकिलले भने उनको साथबाट ड्रग्स नभेटिएको, उनी क्रुज भित्र प्रवेश नै नगरेको, मेडिकल जाँचका क्रममा पनि उनले ड्रग्स सेवन गरेको नदेखिएकोले जमानत दिन आग्रह गरेका थिए ।