
काठमाडौं । भारतस्थित नेपाली राजदूत निलम्बर आचार्य र भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ ।
नेपाल फर्किन लागेका राजदूत आचार्य हाल भारतमा विभिन्न दलका नेता तथा उच्च पदाधिकारी तथा उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् ।
सो उपलक्ष्यमा विदाई कार्यक्रमहरुको आयोजना गरिँदैछ । यसअघि भारतीय काँग्रेस अर्का नेता राहुल गान्धीले पनि आचार्यको बिदाइको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेका थिए ।
आज अध्यक्ष गान्धी निवासमा भएको भेटघाट तथा विदाई कार्यक्रममा दुई देशको सम्बन्धको बारेमा छलफल भएको राजदूत आचार्यले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् ।
असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्तिका आधारमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो त्यसमा नीलाम्बर आचार्य पनि परेका हुन् ।
