पि.एलमा “सुसाइड” गोलको बाबजुद टोटनहम हट्सपर विजयी

१ कार्तिक २०७८, सोमबार १५:२६

काठमाडौं । प्रिमियर लिगमा टोटनहम हट्सपरले न्यूकासल युनाइटेडलाई ३-२ ले पराजित गरेको छ ।

खेलमा न्यूकासलले पहिले अग्रता लिए पनि टोटनहमले पुनरागमन गर्दै लगातार तीन गोल गरेको थियो ।

टोटनहमका लागि ट्याङ्गुए एडोम्बेले, ह्यारी केन र हेउन मिन सनले गोल गरे ।

न्यूकासलका लागि कलुम विल्सनले एक गोल गरे । टोटनहमका एरिक डाएरले एक आत्मघाती गोल गरेका थिए ।

जितपछि ८ खेलबाट १५ अंक जोडेर टोटनहम पाँचौ स्थानमा उक्लेको छ । न्यूकासल ८ खेलबाट ३ अंकसहित १९औं स्थानमा छ ।