राज्यमन्त्री उमेश श्रेष्ठले गरे पदभार ग्रहण

२५ आश्विन २०७८, सोमबार १६:०२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपश्चात् आयोजित संक्षिप्त कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयबाट सम्पादन गर्नुपर्ने अनुगमन तथा मूल्याङ्कन, अन्तरनिकाय समन्वय तथा सहजीकरणलगायतका विभिन्न सुधारसम्बन्धी कार्यहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू क्रियाशील हुने बताए ।

पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव शंकरदार वैरागी, प्रधानमन्त्री कार्यालय मातहत निकायका सचिवहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशकलगायतको उपस्थिति रहेको थियो ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उनी पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रधानमन्त्री कार्यालयमा सरुवा