
काठमाडौं । अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो ।
नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो ।
अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उनको भनाइ छ । नेपालमा अण्डामा आत्मनिर्भर छ । ठूला फर्म सञ्चालनमा आएसँगै साना विस्थापित हुँदासमेत मागलाई जेनतेन धान्दै आएका छन् ।
यसैबीच आज नेपालमा विश्व अण्डा दिवस मनाइएको छ । यसै सन्दर्भमा पोल्ट्री व्यवसायी मञ्चले सन्देश प्रवाह गर्दै अण्डाको उपभोग बढाउन आह्वान गरेको छ ।
