इंग्ल्याण्ड ५-० ले विजयी

२४ आश्विन २०७८, आईतवार १६:२१

काठमाडौं । सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ ।

गएराति भएको समूह आई को खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५-० ले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा पाँच फरक गोलकर्ता रहे । बेन चिलवेलले १७औं, बुकायो साकाले ४०औं, टमी एब्राहिमले ५९औं,जेम्स वार्ड प्रोवसले ७९ र ज्याक ग्रेलिसले ८६औं मिनेटमा गोल गरे ।