हाम्फालेर आत्महत्या गरे वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले

२२ आश्विन २०७८, शुक्रबार १६:४२

फाइल तस्बिर

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् ।

बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले आयोखबरलाई बताए ।

घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पती आर्ज गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।