विश्वक्रान्ति “बाबु” नेकपा (माओवादी केन्द्र) मा प्रवेश

२१ आश्विन २०७८, बिहीबार १४:५२

मन्जिल कन्दङवा
आयोखबर संवाददाता
काठमाडौं । हिजो दिउँसो मकवानपुरका विश्वक्रान्ति “बाबु” नेकपा (माओवादी केन्द्र) पार्टीमा प्रवेश गरेका छन् ।

यस अघिसम्म कुनै पार्टीमा नलागेका उनी अब भने आधिकारीक रुपमा माओवादी पार्टीमा पेवेश गरेका हुन् । प्रचण्डको एजेन्डामा देश छ मैले प्रचण्डलाई सघाउनुपर्छ भन्ने भावका साथ अहिले आएर उनी माओवादी पार्टीमा प्रवेश गरेको बताए । उनी भन्छन्,“ म पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ; म आफ्नो हिसाबले लागिरहन्छु र म बोलेर भन्दा पनि गरेर देखाउन चाहान्छु ।”

केन्द्रिय पार्टी कार्यालय पेरिस डाँडामा हिजो पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले खादा लगाएर उनीसहित अन्यलाई पार्टीमा प्रवेश गराएका थिए ।

वर्तमान अर्थमन्त्री जनार्दन शर्मा, वर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल लगायत नेता देवेन्द्र पौडेलको पनि उपस्थिति थियो ।

पार्टी प्रवेश गरेका विश्वक्रान्ति “बाबु” लाई पार्टीको स्थाई कमिटीको बैठकले चाँडै नै जिम्मेवारी बोकेको पद सम्हाल्न दिने स्रोतले बतायो ।