
एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकी गोप्य प्रेमिकासँग १० करोड डलर बराबरको सम्पत्ति रहेको प्यान्डोरा पेपर्सले खुलासा गरेको छ ।
उनी सामान्य पृष्ठभूमिकी व्यक्ति भए पनि अकूत सम्पत्ति, विलासी अपार्टमेन्ट र महंगो याट पनि रहेको बताइएको छ ।
स्वेतलाना क्रिभोनोगिख नामक ती महिलालाई पुटिनसँग धेरै अगाडिदेखि नै जोडिने गरेको छ । पुटिन र क्रिभोनोगिखको छोरी पनि रहेको बताइन्छ ।
सामान्य परिवारमा हुर्किएकी क्रिभोनोगिख तथा पुटिनका अन्य साथीभाइलाई भर्जिन आइल्यान्ड्स र अन्यत्र रहेका शेल कम्पनीहरूमार्फत धनाढ्य बनाइएको द गार्डियन पत्रिकाले लेखेको छ ।
