
एजेन्सी ।
भौतिकशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई दिने घोषणा मंगलवार गरिएको छ ।
जटिल भौतिक प्रणालीहरूको बुझाइमा ऐतिहासिक योगदान गर्ने वैज्ञानिकहरू स्युकोरो मानाबे, क्लाउस ह्यासलम्यान र जर्जियो पेरिसीलाई सन् २०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।
मानाबे र ह्यासम्यानलाई पुरस्कारको आधार रकम अनि पेरिसीलाई अर्को आधा रकम बाँडिनेछ ।
मानवजातिका लागि महत्त्वपूर्ण जटिल प्रणाली पृथ्वीको जलवायु हो ।
मानाबे र ह्यासम्यानले वातावरणमा कार्बनडाइअक्साइडको स्तर बढ्दा पृथ्वीको सतहमा तापक्रम बढ्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण प्रस्तुत गरेकाले पुरस्कार पाएका हुन् । उनको कामले अहिलेको जलवायु नमूनाको विकासको आधारशिला खडा गरेको हो । विश्वको तापक्रम वृद्धि भइरहेको त्थयलाई उनीहरूको कामले पुष्टि गरेको छ ।
त्यस्तै जर्जियो पेरिसीलाई आणविक तहदेखि ग्रहीय तहसम्म भौतिक प्रणालीमा अव्यवस्था र उँचनीचको अन्तर्क्रिया पत्ता लगाएकोमा पुरस्कृत गरिएको हो ।
