रिलायन्स इन्स्यारेन्सले मूनाफाबाट बोनस शेयर नदिने

१९ आश्विन २०७८, मंगलवार १३:०४

काठमाडौं । रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने भएको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्रै दिने निर्णय गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारी अनुसार हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ ।

अब बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिबाट स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।