साहरुख खानलाई भेट्न पुगे सलमान, छोरा हिरासतमा परेपछि परिवार तनावमा

१८ आश्विन २०७८, सोमबार १४:१३

काठमाडौं । बलिउडका नायकद्धय साहरुख खान र सलमान खानका फ्यानहरु सामाजिक संजालमा एक अर्काको विरुद्धमा गालीगलौजमा उत्रिन्छन् । तर, साहरुख र सलमानको मित्रता भने लोभलाग्दो छ ।

साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा लिएको छ । आर्यन हिरासतमा परेसँगै नायक साहरुख खान र उनको परिवार तनावमा छ ।

यसैविच, साहरुखको परिवारलाई साथ दिन नायक सलमान खान मध्यरातमा मन्नत पुगेका छन् । सलमान आइतबार राती मन्नत पुगेको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । ‘बीग बोस’को छायांकनमा व्यस्त सलमान साहरुखलाई भेट्न मन्नत पुगका हुन् ।