शेयर बजार इन्टरमिडियट करेक्सनमा, अझै दुई वर्ष बुल रहने

१६ आश्विन २०७८, शनिबार १२:१०

बिष्णु बस्याल

असोज १० गत आईतबारदेखि १२ गतेसम्म नेप्सेमा थ्रि ब्याल्क क्रोज प्याटर्न बनेकाेमा बुधबार अलिकति माथि गएको छ। बिहिबारको बजारमा फेरी डार्क क्लाउड कभर बनेको छ।

 

डार्क क्लाउड रेसिस्टेन्ट लेभलमा भएको भए यसलाई अपट्रेण्ड रिभर्सल भन्न मिल्थ्यो। सर्पोट लेभलको आसपास मै डार्क कलाउड बनेको भएर यसलाई बियरिस ट्रेण्ड रिभर्सल भनिहाल्न मिल्दैन। त्यसमा पनि बुधबारको पियर्सिङ्ग लाईन र फेरी बिहीबार डार्क कलाउड कभर बनेको छ।

यो दुई वटा कुराले ट्रेण्ड अझै माथि जान नसकेको भन्ने कुरा संकेत गरेको छ। बजारले माथि जाने प्रयास गरेता पनि माथि जान नसक्ने र अल्टिमेटली माथिल्लो लेभलमा रेसिस्टेन्ट लिएर तल पट्टि नै दवाब बनाएको छ।

बजारको अवस्थालाई हेर्दा एक/दुई दिन २६०० भन्दा माथि रहन सक्यो भने बजार एक पटक २७५० सम्म पुग्छ। पछिल्लाे समय २५८० को सर्पोट बनाएर माथि गएको थियो। त्यसैलाई हेर्ने हाे भने यदि माथि जान सकेन भने बजारको अर्को सर्पोट तुरुन्तै खोज्नु पर्दा अर्को सर्पोट २५०० को लेभलमा नै देखिएको छ। २५०० को सपोर्ट लेभललाई नै तोड्छ भने अर्को सर्पोट २३७० को विन्दुमा रहेको छ। बजार तुरुन्तै फर्किन सकेन भने २५०० देखि लिएर २४५० सम्मको लेभल टेष्ट गर्न आउन सक्ने सम्भावना बढी देखिन्छ।

बजारको अहिलेको अवस्थालाई प्राविधिक रुपमा व्याख्या गर्दा बजारको बन्द भएको सुचक पछि २६०० माथि रह्याे भने बजार अझैपनि २७५० सम्म जानसक्ने र फेरि तल आउन सक्ने सम्भावना देखाएको छ। यदि त्यसो नभएर बजार २६०० भन्दा तल बन्द भयो भने बजार २५०० देखि २४५० को दिशामा बढेको छ भनेर भन्न सकिन्छ।

 

 

स्टक मार्केटलाई कति प्रतिशत बढे बुलिश र घटे बियरिश भनेर क्वान्टिफाई गर्ने गरिन्छ। मैले बजारको क्वान्टिफाइ गर्ने गरेको छैन्। म त्यो प्रकारको भनाईसँग कहिले पनि सहमत हुँदिन। त्यसको उदाहरण लिनुपर्दा मार्च महिनामा १६६८ को टप बनाएर हेर्ने हो भने कोभिड भन्दा पहिलेको बजार २८ प्रतिशतभन्दा धेरै घटेको थियो। बजार २८ प्रतिशत बजार झर्यो भन्दैमा या दुई चार दिन बजार २० प्रतिशतभन्दा तल झर्यो भन्दैमा बजारमा बियरिश ट्रेण्ड शुरु भएको भन्न मिल्दैन। त्यो लेभलमा कतिसम्म स्पीड छ? २० प्रतिशतभन्दा तलसम्म कति टिक्छ? त्याे हेर्नुपर्छ। लामो समयको लागि चल्ने ट्रेण्डले बजार बियरिशमा गएको भन्ने कुराले बढी डिफाइन गर्ने हो।

२०१६ देखि २०२० सम्म बजार तल झरिरहेको थियो। त्यसलाई सेकुलर बियर ट्रेण्ड थियो। त्यस अवधिमा बजार ४० प्रतिशत तल झरेको थियो र लामो समयसम्म झरेको थियो। अब त्यसलाई हामीले बियर मार्केट भन्न मिल्छ। बियर मार्केटपछि ५/६ महिना वा कम्तिमा पनि एक वर्ष भन्दा धेरै रह्यो भने मात्रै बियर मार्केट भन्न मिल्छ।

यदि दुई/तीन महिनामा २० प्रतिशत करेक्सन हुन्छ वा २० को ठाँउमा २५ प्रतिशत करेक्सन हुन्छ तर तल्लो लेभलमा बजार टिक्दैन भने त्यसलाई बियर मार्केट भन्न मिल्दैन। बुल मार्केट अझै कायमै छ।

अहिले बजार केहि समय विचाराधिन अवस्थामा रहेको छ। बजार करिब १५ महिना निरन्तर रुपमा बढेर १८० प्रतिशत बढेको थियो र त्यसबाट प्रोफिट बुकिङ आएर बजार प्राविधिक करेक्सन भएको हो। बजारमा प्राविधिक करेक्सन आयो भनेर भन्छौं। बजार २४ सयसम्म झर्छ भने पनि त्यसलाई प्राविधिक करेक्सन हो भनेर भन्न सकिन्छ। नेपालको शेयर बजारको इतिहासमा यति चाँडै सकिएको छैन्। यसपलि पनि सक्छ भन्ने मलाई लाग्दैन। अझै दुई तीन वर्ष राम्रो बुल मार्केटमा चल्न सक्ने देखिन्छ। अहिलेको स्थितीमा लगानी गर्न धेरै डराउनुपर्ने अवस्था छैन।

अहिलको समयलाई लगानीकर्ताहरुले शेयर खरिद गर्नको लागि राम्रो मौका हो भनेर बुझ्नु पर्ने अवस्था हो। यो अवसरलाई मौकाको रुपमा लिएर लगानी गरेर कम्तिमा पनि एक वर्ष होल्ड गर्ने हो भने राम्रो रिर्टन लिएर बजारबाट बाहिरिन सक्ने सम्भावना देखिन्छ।

अहिले बजार १८ प्रतिशत झर्यो, अब बियरिस शुरु भएको होकि भन्ने आशंका बढेको छ। बजारमा २० प्रतिशतको घट्बढलाई बुल र बियरको व्याख्या दिईएको छ। त्यो व्याख्यालाई म मान्न पनि तयार छैन। टेक्नीकल्ली त्यो हुँदा पनि हुदैन। बजार कति समय लगाएर तल जान्छ र कति माथि जान्छ भन्ने कुराले मात्र तय (डिटरमाइन) गर्छ। अहिले बजारमा भएको घटाई छोटो समयको लागि मात्र हो। अहिलेको घटाईलाई मैले बुल मार्केट भित्रको करेक्सन मात्र हो भन्ने बुझेको छु।

कोही कोहीले अहिले झरेको झराईलाई आर्टिफिसियल करेक्सन भन्ने गरेको पनि पाइन्छ। त्यसो पनि भन्न मिल्दैन। १० प्रतिशत मात्र करेक्सन हुन्छ भन्ने हुदैन। बजारमा ट्रेण्डहरु फरक फरक रहेका हुन्छ। त्यसमा माइनर ट्रेण्ड, इनटरमिडियट ट्रेण्ड हुन्छ, लङ्ग ट्रम ट्रेण्ड हुन्छ। १० प्रतिशत घट्बढ भए माइनर ट्रेण्ड र अहिलेको करेक्सन इन्टरमिडियट करेक्सन भन्न मिल्छ।

बजारमा सधैभरी बजार १० प्रतिशत मात्र घट्बढ हुँदैन। यदि त्यसो हुने हो भने बजार १० प्रतिशत घट्ना साथ आफूसँग भएको सबै लगानी गर्ने र १० प्रतिशत बढ्ना साथ सबै बिक्री गर्दा भइहाल्याे नी। बजारले सधैँभरी त्यस्तो मौका दिँदैन। कुनै समय १० प्रतिशतमा सीमित हुन्छ। यो बुलमा माइनर करेक्सन हुँदै बढेको थियो। तर, इन्टरमिडियट करेक्सन भएको थिएन, अहिले भयो। लङ ट्रम ट्रेण्ड अझैपनि सकारात्मक छ। र आउने एक वर्ष भित्रमा अहिलेको बजारबाट धेरै नभएपनि ५० प्रतिशत भन्दा बढीको रिर्टन पाउन सकिन्छ।

प्राविधिक रुपमा हेर्ने हो भने बजार अझै बुलिश मोडमा नै छ। लगानीकर्ताले प्राविधिक मात्र नभएर सामान्य आधारभूत रुपमा पनि बजारलाई हेर्नुपर्ने हुन्छ। आधारभूत रुपमा हेर्ने हो भने कम्पनीहरु अहिले पनि सस्तो मूल्यमा पाइराखेको छन्। अहिलेको बजारमा अझ राम्रो पक्ष के छ भने इन्स्योरेन्स, माइक्रोफाइनान्स र केही विकास बैंकहरुको मूल्य सस्तो देखिन्छ। आधारभूत कमाई तथा प्रगतिको हिसाबले कुरा गर्ने हो भने सस्तो मूल्यमा पाईएको छ। अर्को वर्षको कमाईलाई हिसाब गर्ने हो भने डिस्काउण्ट मूल्यमा शेयर पाईएको अवस्था छ।

बजारमा लगानी गर्नको लागि यो भन्दा राम्रो मौका अरु देखिएको छैन। अहिले सर्ट टर्म ट्रेण्डको व्यवस्थापन गर्न भने जरुरी छ। कुनै लगानीकर्ता बैंकबाट धेरै कर्जा लिएको, ब्याज तिर्न सक्ने क्षमता छैन र कसैबाट पैसा सापटी लिएर लगानी गरेको छ भने, त्यस्ता लगानीकर्ता तर्साउनको लागि नै बजार झरेको हो। त्यस्ता लगानीकर्ताले भने आफ्नो लगानी व्यवस्थापन गर्नुपर्ने हुन्छ।

तर, लगानीकर्ताको नजरबाट हेर्ने हो भने यो सबै भन्दा राम्रो मौका हो। बजारले यस्तो मौका धेरै समयमा एक पटक मात्र दिन्छ। यो मौका राम्रो पाए भनेर लगानी गर्ने हो भने राम्रो लाभ हुन सक्ने आशा गर्न सकिन्छ।

(प्राविधिक विश्लेषक बस्यालसँग सुधा देवकोटाले गरेको कुराकानीमा आधारित मेरोलगानी बाट शाभार गरिएको )