एमालेबाट जनस्वास्थ्यका मापदण्ड उल्लंघन: जनस्वास्थ्यविद्को चेतावनी – कोरोना संक्रमण बढ्न सक्छ

१६ आश्विन २०७८, शनिबार ११:३७

काठमाडौं । शुक्रबारबाट ललितपुरको गोदाबारिमा सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नेता तथा कार्यकर्ताको भिडमा न त सामाजिक दूरी कायम थियो, न त सही रुपमा मास्कको प्रयोग नै गरिएको थियो ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कमलादीमा भइरहेको सम्मेलनका लागि देशभरबाट २२ सयको हाराहारीमा प्रतिनिधि सहभागी छन् ।

अर्कोतिर हिन्दु धर्मावलम्बीको मुख्य पर्व दसैँ नजिकिएकाले बजारमा निकै भिडभाड बढेको छ । कोरोना संक्रमणको जोखिम कायम रहेकै समयमा जनस्वास्थ्यका मापदण्ड पालना नगरी यस्ता कार्यक्रम र भिडले संक्रमण दर बढाउन सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् ।