२०७८, १४ मंसिर मंगलवार

छात्राहरुलाई खेलकुद तथा स्यानेटरी सामाग्री वितरण

आयोखबर संवाददाता
काठमाडौं ।

रोटरी क्लब अफ काठमाडौं कलंकी (आर.सि. काठमाडौं कलंकी) र रोट्रयाक्ट क्लब अफ काठमाडौं कलंकी (आरएसि. काठमाडौं कलंकी) ले संयुक्त रुपममा पुरानो नैकापस्थित विद्या मन्दिर माध्यमिक विद्यालयका छात्राहरुलाई खेलकुद सामाग्रीका साथै केही लत्ता कपडा वितरण गरको छ ।

चन्द्रगिरी १३, काठमाडौंमा अवस्थित उक्त विद्यालयमा चाँडै क्लबले शौचालय पनि निर्माण गर्ने इमिडिएट पास्ट प्रेसिडेन्ट सुलोचना सिग्देलले बताइन् ।

त्यसैगरी, “हामी यहाँ लिन होइन दिन आएका हौँ”, क्लबकी प्रेसिडेन्ट दुर्गा मैनालीले बताइन, “हामीले दिएको यी सामग्रीहरु जतनका साथ राखेर सदुपयोग गर्नुभयो भने त्यो तपाईहरुले हामीलाई दिएको माया हो । हो हामी त्यही माया लिन आएका हौँ ।”

हिजो दिउँसो भएको सो वातावरणलाई असर नपार्ने हिसाबले क्लबले पुनः प्रयोग गर्न मिल्ने कवडाको प्याड पनि वितरण गरेको छ ।


उक्त कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं कलंकीकी प्रसिडेन्ट दुर्गा मैनाली, पास्ट डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ, इमिडिएट पास्ट प्रेसिडेन्ट सुलोचना सिग्देल, सचिव सबिन लामिछाने, लगायत क्लबका अन्य रोटरियन सदस्यहरुका साथै रोट्रयाक्ट क्लब अफ काठमाडौं कलंकीका प्रेसिडेन्ट मन्जिल कन्दङवा, सचिव साक्षी बाँसतोला लगायत अन्य रोट्याक्टरहरुको पनि उपस्थिती रहेको थियो ।

 

नेपाल भूटान डिस्ट्रिक्ट आर. आई. आइडी ३२९२ अन्तर्गत रहेको रोटरी क्लव अफ काठमाडौं कलंकीकै स्पोन्सर रोट्रयाक्ट क्लब “रोट्रयाक्ट क्लब अफ काठमाडौं कलंकी” हो ।

 

 

 


प्रकाशित | २०७८, १५ आश्विन शुक्रबार ०५:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *