कन्नड अभिनेत्रीले आत्महत्या गरिन, सुसाईड नोटमा के लेखेकी रहिछन् ?

१४ आश्विन २०७८, बिहीबार १७:३५

एजेन्सी । केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ ।

उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई माफी दिनसमेत भनेकी छिन् ।

यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव भने दिएको बताइन् । अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन् ।

सौजन्या कोडगु जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।