याक एण्ड यति होटलमा विदेशी नागरिक मृत फेला

१४ आश्विन २०७८, बिहीबार १३:५२

काठमाडौं ।

काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

कतारका नागरिक मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले आयोखबरलाई बताए ।

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।