“मेट्रो फुटसल कप” प्रतियोगिता असोज २२ र २३ गते हुने, प्रथमलाई एक लाख

१३ आश्विन २०७८, बुधबार १४:३९

काठमाण्डौ । योङ्ग कम्युनिष्ट लिग क्षेत्रिय कमिटी, काठमाण्डौ १ को आयोजनामा काठमाण्डौं स्थित भृकुटी मण्डपमा ” मेट्रो फुटसल कप रिजन टु प्ले” प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगिता यहि आउँदो असोज २२ र २३ गते हुने जानकारी आज संवाद क्लव नेपालमा पत्रकार सम्मेलन गरी गराइएको हो । प्रतियोगिता भृकुटीमण्डपमा असोज २२ र २३ गते बिहान ८ देखि साँझ ६ बजे सम्म हुने आयोजक कमिटीले जनाएको छ ।

सो प्रतियोगितामा प्रथम हुनेलाई एक लाख , द्धितीय हुनेलाई पचास हजार र तृतीय हुनेलाई पच्चिस हजार साथै मेडल, कप, प्रमाणपत्रहरु बितरण गरिने आयोजक कमिटीले जनाएको छ ।

उक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्रका युवा नेता अनिल शर्मा, योङ्ग कम्युनिष्ट लिग क्षेत्रिय कमिटी, काठमाण्डौ १ का इन्चार्ज दीलिव सिंह, लगायतले सफलताको शुभकामना दिएका थिए ।