अफगानिस्तानमा महिला न्यायाधीशलाई खोज्दै छन् जेलबाट छुटेका कैदी

१३ आश्विन २०७८, बुधबार १२:४५

काठमाडौं । अफगानिस्तानमा महिला अधिकारका उनीहरु अगुवा हुन् । यो कानून र ती मानिसहरूका रक्षक हुन् जो देशमा सीमान्तकृत थिए र न्याय चाहन्थे । तर अब २२० भन्दा बढी अफगान महिला न्यायाधिवक्ता तालिबानको कब्जापछि सजाय पाउने डरले लुकेर बसेका छन् ।

अफगानिस्तानका थुप्रै गोप्य स्थानबाट ६ पूर्व महिला न्यायधिसहरुले बीबीसीसँग कुरा गरेका छन् । सुरक्षाका कारण यी सबैको नाम फेरिएको छ ।

मासूमाले आफ्नो न्यायाधीशको करियरका बेला सयौं पुरुषलाई महिलाविरुद्ध हिंसा, बलात्कार, हत्या र प्रताडनाका लागि सजाय दिएकी छिन् । तर तालिबानले जब शहरमाथि कब्जा गरे तब हज्जारौं दोषी अपराधीलाई जेलबाट रिहा गरियो । यस्तो अवस्थामा उनीहरुलाई हत्या गरिदिने धम्की आइरहेको छ ।

अपरिचित नम्बरबाट उनीहरुको फोनमा टेक्स्ट मेसेज, भोयस नोट्स आउन थालेका छन् ।​ मासूमा भन्छिन्, ‘तालिबानले जेलमा बन्द सबै कैदीलाई रिहा गरिरहेको छ भन्ने खबर हामीले सुन्दा मध्य रात हुनै लागेको थियो ।’ ‘हामी तुरुन्त भाग्यौं । हामीले आफ्नो घर र सबैकुरा त्यहिँ छोडिदियौं ।’