चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई आवेदन दिन आह्वान

१३ आश्विन २०७८, बुधबार १२:४०

काठमाडौं । सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।

सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्न दिन सक्नेछन् ।

जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ । लामो समयदेखि विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले इन्टर्नसिपको माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए ।