अर्थमा आए जनार्दन मर्नु न बाँच्नु बनाए  

७ आश्विन २०७८, बिहीबार २३:२१

 

मन्जिल कन्दङवा

वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा पूर्व उर्जा मन्त्री हुन् । उनले उक्त मन्त्रालयमा धेरै राम्रा सुधारहरु पनि गरे । ऊर्जा मन्त्रालयमा केही महत्वपूर्ण योगदान समेत पुर्‍याएका मन्त्री शर्माले अर्थ मन्त्री भई आएर त्यस्तो उपलब्धिमूलक काम केही गर्न सकेका छैन्न ।

धेरै लगानिकर्तालाई उनीप्रति सेयर बजारमा ठूलो आश थियो ।

शेयर बजारमा साना लगानिकर्तादेखि करोडौँ लगानी गर्ने लगानीकर्ता समेत रहेका छन् । मन्त्री जनार्दन शर्माले सबै लगानिकर्तालाई हित हुने त्यस्तो योजनाहरु केही ल्याएका छैन्न । जसरी उनले उर्जा मन्त्रालय सम्हाल्दा राम्रा-राम्रा कार्ययोजना, रणनितीहरु ल्याएर ऊर्जा मन्त्रालयमा राम्रो योगदान पुर्‍याएका थिए । त्यसैगरी उनले अर्थ मन्त्रालयमा योगदान पुर्‍याउन सकेका छैनन् ।

अर्थ मन्त्रीमा शर्मा नियुक्त हुँदा अधिकांश लगानिकर्ता उत्साहित थिए । सबैमा उनीप्रति ठूलो आशा थियो । तर आजसम्म पनि उनले त्यस्तो कुनै राम्रो योजना नल्याएको हुँदा सबै लगानिकर्ताको उनीप्रतिको आशा निराशामा परिणत भएको छ । उनी आएपश्चात सेयर बजारमा त्यति सुधार नदेखिई नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा धेरै उत्तारचढाब आईरहेको हुँदा लगानीकर्ता मर्नु न बाँच्नु बनेका छन् ।

उनले अर्थ मन्त्रालय सम्हालेएता अघिल्लो महिना भाद्र २१ गते परसूचकमा सबैभन्दा बढी गिरावट आएको थियो । उक्त दिन नेप्से परिसूचक १०८ अंकले घटेको थियो । सेयर बजारमा उच्च गिरावट आएको उक्त दिन २८१८.७२ अंकमा झरेको थियो ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेकाले  सेयर बजारमा उच्च गिरावट आएको थियो । त्यसरी बजारमा गिरावट आउँदा डेढ खर्ब रुपैयाँ पुँजीकरण घटेको थियो । त्यसभन्दा अघिल्लो साता ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको पुँजीकरण आइतबार एकैदिन एक खर्ब ४५ अर्ब रुपैयाँले घटेर ३९ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयरमा लगानी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि सेयर धितो कर्जामा प्रतिव्यक्ति ऋणको सीमा तोकेको थियो । उक्त व्यवस्थालाई लगानीकर्ताका संगठनहरुले विरोध गर्न थालेपछि आम लगानीकर्ताले बजार प्रभावित हुने त्रासमा धमाधम सेयर बेच्न थालेका थिए ।

राष्ट्र बैंकले रकमकै सीमा तोकेर स–साना कुरामा पनि हस्तक्षेप गर्न खोजेको प्रष्ट बुझ्न सकन्छ । खासमा राष्ट्र बैंकले वृहत दृष्टिकोण राखेर सूचकहरु बनाएर वित्तीय क्षेत्रलाई नियमन गर्नु पर्ने हो ।

सरकारको प्राथमिकताका आधारमा कृषि, जलविद्युत्, साना तथा मझौलाका साथै विपन्न वर्गलगायतका क्षेत्रमा गरी ४५ प्रतिशत कर्जा निर्देशित क्षेत्रमा लगानी भएको छ । त्यसबाहेक वित्तीय क्षेत्रलाई बजारको मागअनुसार व्यवसाय गर्न दिनुपर्छ । वित्तीय क्षेत्रको २ प्रतिशत कर्जा मात्र सेयर धितोमा लगानी भएकाले तत्कालै ठूलो जोखिम भएको छैन ।

कोभिड–१९ को महामारीमा पनि अनलाइनमार्फत कारोबार गर्न सकिने व्यवस्था आएसँगै पछिल्लो समयमा सेयर बजारमा उत्साह बढिरहेको छ । सेयर बजारमा लगानीकर्ताको संख्या वृद्धिसँगै बजारमा अन्य क्षेत्रको लगानी पनि थपिएकाले बजारमा उछाल आएको छ । बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष तथा अप्रत्यक्ष लगानीले पनि बजार बढ्न सघाइरहेको छ ।

अर्थ मन्त्री जस्तो जिम्मेवारीपद धारण गरेका “व्यक्तले पुँजी बजार भनेको हावा भरेको बेलुन जस्तै हो । जति बेला पनि हावा फुस्किन सक्छ”, आदि पुँजी बजारलाई प्रत्यक्ष प्रवाभ पार्ने अभिव्यक्ति दिनुहुँदैन ।

यसरी नयाँ लगानीकर्ताहरु शेयर बजारमा छिर्दै गर्दा उनीहरुलाई प्रोत्सहान गर्नका लागि आकर्षक योजना र कार्य नीति नल्याउनुले अर्थ मन्त्रालयको गैरजिम्मेवरीपन पनि प्रष्ट देखिन्छ । सेयर बजारको वर्तमान अवस्थाका विद्यमान समस्याहरु र चुनौतिहरुलाई सम्बोधन, समाधान गर्न नितान्त जरुरी छ । साथै लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न भावि नीति-नियम र लगानिकर्तामैत्री कानुन बनाउनु नै आजको मुख्य आवश्यकता हो ।