विनियोजन विधेयक राष्ट्रियसभाको बैठकबाट पारित

७ आश्विन २०७८, बिहीबार १४:३४

काठमाडौं । राष्ट्रियसभाले विनियोजन विधेयक (बजेट) २०७८ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।

बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ ।

आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।