अर्घाखाँचीमा नेता मात्रैको पार्टी बन्दै नेकपा एमाले

६ आश्विन २०७८, बुधबार २०:५७

                                                               फाइल तस्बिर

आयोखबर संवाददाता
काठमाडौं ।
लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा नेता मात्रैको पार्टीको रुपमा नेकपा (एमाले) स्थापित हुन पुगेको छ । नेकपा (एमाले) जिल्ला कमिटीमा एकदम न्युन संख्यामा कार्यकर्ता रहेका छन् ।

नेकपा (एमाले) बाट हालको नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधब कुमार नेपाल र झलनाथ खनालले पूर्व एमाले पार्टीमा केपी ओलीले एकलौटी पार्टी हाँक्न थालेको र पार्टीको विधान विपरीत चलेकोमा विरोध गर्दै आएका थिए ।

पछि भाद्र ९ गते निर्वाचन आयोगमा नेकपा (एकिकृत समाजवादी) पार्टी दर्ता भएसँगै संसद्को सबैभन्दा ठुलो शक्ति नेकपा एमाले पार्टी औपचारिक रूपमै विभाजन भएको थियो । त्यसपश्चात कार्यकर्ताहरुले पार्टी रोज्नेक्रममा अर्घाखाँचीका पूर्व नेकपा एमालेका अधिकांस कार्यकर्ताहरु नेकपा (एकिकृत समाजवादी)मा आएसँगै अर्घाखाँचीमा नेकपा (एमाले) नेतामात्रैको पार्टी बनेको हो ।

हाल अर्घाखाँचीमा नेकपा (एमाले) पार्टीको कमिटीमा आवश्यक गणक मात्र रहेको स्रोतले जनाएको हो ।