भान्सा कोठामा लुकेर कौडा खेल्ने १७ जना पक्राउ

६ आश्विन २०७८, बुधबार १४:१९

काठमाडौं । झापाको दमक नगरपालिका(१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको ईलाका प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।