काठमाडौंमा ढलमा खसेर एक बालक बेपत्ता

६ आश्विन २०७८, बुधबार १४:०५

काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति करीब ८ बजे एक बालक बेपत्ता भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि बानेश्‍वरको ढलमा खसेर एकजना महिलाको शव बागमतीमा भेटिएको थियो भने माकलबारीमा भने ढलबाट महिलाको उद्धार गरिएको थियो ।