
एजेन्सी
बंगालको खाडीमा भारतसँग विगत कैयौं दशकसम्म चलेको सामुद्रिक सीमा विवाद समाधान नभएपछि बंगलादेश सरकार संयुक्त राष्ट्रसंघ पुगेको छ ।
राष्ट्रसंघमा बंगलादेशको स्थायी मिसनले सोमवार भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष दुईवटा अपील दायर गरेको छ ।
बंगालको खाडीमा भारतको सीधा आधाररेखाको दाबीलाई बंगलादेशले अस्वीकार गरेको छ ।
बंगलादेशका पूर्व परराष्ट्रसचिव शहीदुल हकले भने, ‘दुई छिमेकी मुलुकबीच यो विषय कैयौं वर्षदेखि विवादित छ । अहिलेसम्म कैयौं चरणको वार्ता भए पनि विवाद समाधान भएको छैन ।’
