
एजेन्सी
जुम्ल्याहा बच्चा जन्मिनु नै संयोग र सौभाग्यको कुरा हो । तर जुम्ल्याहा दिदीबहिनीले बिहे गर्नका लागि जुम्ल्याहा दाजुभाइ भेट्टाएका छन् ।
ओरेगन देशकी जुम्ल्याहा दिदीबहिनी वेनेसा र केरिसाले जीवनसाथी जुम्ल्याहा नै पाएका छन् । जुम्ल्याहा दाजुभाइ लुकास र जैकब जुम्ल्याहा दिदीबहिनीसँग सम्बन्ध गाँसेर मेडफोर्डमा बसिरहेका छन् ।
वेनेसाले भनिन्, ‘जब हामी चारै सँगै हुन्छौं, तब मान्छेहरू हामीलाई केही सोध्दैनन् तर घुरेर हेर्छन् । मैले सोचें – हामी जस्ता छौं, ठीक छौं ।’
चारै जना भेटिनुअघि वेनेसा ओरेगन विश्वविद्यालयमा धावक थिइन् भने जुम्ल्याहा दाजुभाइ वाशिंटनमा धावक थिए । अहिले सबै मेडफोर्ड अपार्टमेन्टमा सँगै बसिरहेका छन् ।
विवाहपछि चारै जना एकै क्षेत्रमा काम गरिरहेका छन् । खेल क्षेत्रमा रहेका चारै जनामध्ये दिदीबहिनी निजी प्रशिक्षकको रूपमा काम गरिरहेका छन् भने दाजुभाइ स्पोर्टस् मेडिसिनको क्षेत्रमा काम गरिरहेका छन् ।’
जैकबले भने, ‘म संयोगमा विश्वास राख्छु, ईश्वरीय हस्तक्षेप हो, जब म पहिलोपटक जुम्ल्याहा बहिनीहरूसँग भेटिए ।’
