“संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेने” : प्रधानमन्त्री देउवा

३ आश्विन २०७८, आईतवार १३:४७

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्‍याएका छन्।

सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरेकाछन् ।

संवाद, सहमति र सहकार्यबाट अघि बढ्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्ने उल्लेख गर्दै , ‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ ।’भनेका छन् ।

आगामी चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोनाविरुद्धको खोप लगाइने प्रतिवद्धता देउवाले जनाए ।