
मन्जिल कन्दङवा
आयोखबर संवाददाता, काठमाडौं ।
आज तिनकुनेमा भएको नेकपा (एकिकृत समाजवादी) पार्टीको केन्द्रिय कार्यालय उद्घाटन भएको छ ।
समारोहपछि अध्यक्ष माधव कुमार नेपाललाई कमरेड योगेश भट्टराईले पे्रस चौतारी, कास्कीमा दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै तपाई भविष्यमा पछि एमालेमा जानु
ुहुन्छ भनि आयोखबर संवाददाताले प्रश्न गर्दा उनले योगेश भटराई धोका पाएर, हन्डर खाएर नेकपा एकिकृत समाजवादीमा नै फर्कने बताका छन् ।
त्यसरी धोका पाएर आउँदा पनि नेता योगेश भटराईलाई (नेकपा (एकिकृत समाजवादी) ले स्वागत गर्ने समेत उनले उल्लेख गरे । उनले योगेश भट्टराईलाई पार्टीमा आउन आनुरोध समेत गरे । उनले भने,“योगेश भट्टराई जी तपाई पनि हाम्रो पार्टीमा आउनुहोस् । तपाईलाई स्वागत छ ।
उद्घाटनको पहिलो दिन केन्द्रिय कार्यालमा नेकपा (एकिकृत समाजवादी) का नेता तथा कार्यकर्ताका साथै युवा संघ नेपाल, “अनेरास्ओवियू केन्द्रिय कमिटीका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिती थियो ।
हेर्नुहोस् पुरा भिडियो ।
https://www.youtube.com/watch?v=rK1AaYkYHaY
