चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस दुर्घटनामा मृत्यु हुनेको सङख्या ८

१३ मंसिर २०७४, बुधबार ०९:२४

मंसिर १३, कामठाडौं । 

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङख्या ८पुगेको पत्रकार बासु श्रेष्ठले जनाएका छन् ।

 

यसैगरि दुर्घटनामा अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपक श्रेष्ठले बताए । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस बिहान ९ बजे तिर त्रिशुली नदीमा खसेको थियो । बसको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

विपरीत दिशाबाट आउँदै गरेको ट्रकसित ठोक्किँदा बस त्रिशुलीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको डिएसपी श्रेष्ठले बताए ।

बस काठमाडौंबाट २७ जना यात्रु बोकेर गुडेको बसलेवीच बाटोमा अन्य यात्रु पनि चलाएको हुन सक्ने आँकलन गरिए पनि खास कुरा बाहिर आउन सकेको छैन । अहिले जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्दारमा खटिएका छन्। ।