गुण एयरलाइन्सले असोज एकदेखि उडान सुरु गर्ने

३१ भाद्र २०७८, बिहीबार १२:४१

काठमान्डौँ ।गुण एयरलाइन्सले असोज एकदेखि उडान सुरु गर्नेले आफ्नो नियमित उडान काठमाडौं, भरतपुर र पोखरामा असोज एक गतेदेखि सुरु गर्ने भएको छ।

नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रुपमा परिचित वायुसेवा कम्पनीले गुण एयरलाइन्सका रुपमा उडान सुरु गर्ने भएको हो।
गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो।सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो।
फेरि पनि पुरानै गुण एयरलाइन्स नामबाट उड्ने भएको हो।

पहिलो चरणमा दुई वटा बिचक्राफ्टबाट काठमाडौं, भरतपुर र पोखरामा उडान सुरु गर्ने एयरलाइन्सका प्रवक्ता एंव बजार प्रमुख प्रज्वल थापाले बताए। थप गरिएका पाँच वाट जेटस्ट्रीम दसैंपछाडि सञ्चालनमा ल्याइने उनले बताए।
‘हामी त्यसपछि भैरहवा, विराटनगर, नेपालगन्ज, जनकपुर, सिमरा, तुम्लिङटार र सुर्खेतमा उडान भर्छौँ,’ उनले भने । थापाका अनुसार दुई बिचक्राफ्ट १८ सिट क्षमताका छन्। जेटस्ट्रीम भने ३० सिट क्षमताका छन्। असोज एक गतेदेखि सुरु हुने उडानका लागि टिकट बुकिङसमेत खुलिसकेको एयरलाइन्सले बताएको छ। टिकट प्रतिस्पर्धी मूल्यमा बिक्री गरिने कम्पनीको भनाई छ।।