स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद

३१ भाद्र २०७८, बिहीबार ११:०७

काठमाडौं । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । वीरगञ्ज ६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा हानेको हो ।

अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा हानेको हो ।

बुधबार पसलमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद गरेको छ । केन्ऽका सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर(३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।