दुई वर्षपछि भयो कक्षा १२ को परीक्षा

३० भाद्र २०७८, बुधबार १६:३३

आज भदौ ३० बाट कक्षा १२ को परीक्षा सुरू भएको छ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।

कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो।अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षा सुरू भएको राष्ट्रिय परिक्षा बोर्डले बताएका छनू। प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो।परीक्षा असोज ८ गते सकिनेछ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए।
यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्।

विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन्। परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन्।