चेक बाउन्सको मुद्दामा फरार दोषी पक्राउ

२९ भाद्र २०७८, मंगलवार १५:०६

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ घर भई काठमाडौंको गोल्फुटारमा बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनको गत चैत ८ गतेको फैसलाले सात दिन कैद सजाय र सात लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका सुन्दासलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।