आईसीसी ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार

२९ भाद्र २०७८, मंगलवार १४:०९


काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरिकालाई पराजित गरेपछि नेपाल वरीयतामा एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लेको छ ।

ओमान भ्रमणअघि नेपाल १६ औं स्थानमा थियो । पपुवा न्युगिनी विरुद्धको दुई खेल समेत जितेको नेपाल ओमानलाई पछि पार्दै १५ औं स्थानमा पुगेको हो । यसअघि १५ औं स्थानमा रहेको ओमान १६ औं स्थानमा झरेको छ ।

यस्तै नेपालसँग पराजित अमेरिका १९औं स्थानमा झरेको छ ।