१३ जना चिकित्सक र नर्सको स्तरवृद्धि

२८ भाद्र २०७८, सोमबार १८:०६


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना चिकित्सक र नर्सको स्तरवृद्धि गरेको छ । स्तरवृद्धि भएका १३ स्वास्थ्यकर्मीमध्ये ११ जना चिकित्सक भने दुई जना नर्स रहेका छन् ।

स्वास्थ्य सेवा ऐन २०५३ चौथो संशोधनको दफा ९ (१) का आधारमा स्वास्थ्यकर्मीको स्तरवृद्धि गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

यी हुन् स्तर वृद्धि हुने हुने स्वास्थ्यकर्मी

डा. अन्जल विष्ट, डा. खगेन्द्रजैन साह, डा. कल्याण सापकोटा, डा. जया सत्याल, वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई, वरिष्ठ डा. झुलाराम अधिकारी, डा. मोनी सुवेदी, वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट मदन थापा, वरिष्ठ अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठ, डा. काशी खतिवडा, डा. अनिलकुमार श्रेष्ठ, डा. अनामिका झा र डा. ऋषिकान्त अर्याल