
काठमाडौं । आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–१३ को जीतगढीमा मोटरसाइकलमा सवारी दुई जनालाई ट्रकले ठक्कर दिँदा दुई जना गम्भीर भएका छन् ।
लु ४८ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिँदा कन्चन गाउँपालिका–१ का ५९ वर्षिय लोकबहादु भुजेल र उनकी श्रीमती ५६ वर्षीया उमादेवी भुजेल गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले घाइतेहरुलाई बुटवल चौराह अस्पतालमा उपचारका लागि लगिएको जानकारी दिए ।
ट्रकको ठक्कर पछि ढलेको मोटरसाईलक अगाडी रक्ताम्मे महिलालाई एक जना पुरुषले उठाउने प्रयास गरिरहेका देखिन्छ ।
त्यस्तै पाल्पाको तिनाउ गाउपालिका–३ झरना नजिकै सडकबाट मोटरसाइकल खस्दा एकजना गम्भीर भएका छन्।
सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै ग ५ प ६८८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्यसमा सवार स्याङ्गजाको कृष्णगण्डकी गाउँपालिका ४ का अन्दाजी ३७ बर्षीय तारा प्रसाद पाण्डेलाई उपचारका लागि बुटवल पठाईएको पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए ।
उनले घाइतेको अवस्था सामान्य रहेको बताए पनि स्थानीयले गम्भीर रहेको बताएका छन् ।
