बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

२८ भाद्र २०७८, सोमबार १२:५३

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व—पश्चिम राजमार्गमा पाटे बाघले एक जनाको ज्यान लिएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।

बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए । ।
प्रमुख संरक्षण अधिकृत शाहले केही दिनदेखि गाभर क्षेत्रमा एक जोडी पाटेबाघ देखिइरहेकाले आइतबार बेलुकादेखि त्यसक्षेत्रमा गस्तिमा खटिने गरेको बताए।