श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक

२७ भाद्र २०७८, आईतवार १४:५६

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ ।

बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा पनि अभिनेता श्रेष्ठको अलवा सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलको अभिनय रहेको छ ।

अभिनेता सरोज खनालकै कन्सेप्ट रहेको भिडियो राज केसीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायाँकन, रमेश थापाको सम्पादन देख्न सकिन्छ ।