“व्यवसायिक कर्जामा हर्जना ब्याज लिन नपाउने”: नेपाल राष्ट्र बैंक

२५ भाद्र २०७८, शुक्रबार १३:०१


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोभिडबाट अति प्रभावित होटल, ट्राभल, ट्रेकिङ तथा हवाई सेवा क्षेत्रमा गएको व्यवसायिक कर्जामा हर्जना ब्याज लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन गरेको हो ।

सोही परिपत्र अनुसार बैंकले २०७९ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनुपर्ने र यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जना तथा पेनाल ब्याज समेत लिन नपाइने बताएको छ ।

यस्तै, टि।आर।कर्जा (ट्रष्ट रिसेप्ट लोन) बिल्स डिस्काउन्टङ्ग वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको अवधिका लागि मात्र प्रवाह गर्न पाइने समेत बैंकले जनाएको छ ।