
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ । यसमध्ये नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ ।
भारतीय ध्वजाबाहक एयर इण्डियाले भने यस रुटमा साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गर्ने गरी अनुमति पाएको छ ।
यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्ने गरी अनुमति पाएको छ ।
एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिकामा उल्लेख छ ।
फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ ।
