उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिए

२३ भाद्र २०७८, बुधबार १७:०७

 

काठमाडौं। काठमाडौं उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा ७१८९ सक्रिय संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २०१३ सक्रिय संक्रमित थपिएका हुन् ।