
काठमाडौं । १० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरेको नेकपा एमालेले जनाएको छ ।
एमाले नेता शंकर पोखरेलका अनुसार लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी र उपाध्यक्षमा खेममान खड्का चयन भएका छन् ।
सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु छन् । कार्यालय सचिवमा बलराम अधिकारी यथावत रहेका छन् ।
